पाेखरा १४: सेतीबाट नदीजन्य पदार्थ चोरी निकासी गर्ने ४ ट्याक्टर नियन्त्रणमा
काठमाडाैं | जेठ ८, २०८१
पोखरा: कास्की प्रहरीले सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको अवस्थामा ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका वडा १४ बाच्छीबडुवाबाट अवैध रुपमा नदिजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३३२०, ग १ त ३३३१, ग १ त ३६२४ र ग १ त ६५१७ नम्बरको ट्याक्टरलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।
प्रहरी चौकी चाउँथेबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा प्रयोजन खुल्ने कागजात साथमा नभएकाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
सेती नदीको विभिन्न घाटको टेण्डर नखुल्दा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी बढिरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

